समाचार

पत्रकार पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने असई महतो निलम्बित

कञ्चनरुप । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं पत्रकार मनोहर पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले असई महतोलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) वमोजिम निलम्बनको लागि तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सिफारिस गरी पठाईएको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आजबाट लागू हुने गरि असई महतोलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत असई महतोले सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालयमै पत्रकार पोखरेलमाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका थिए । समाचार संकलनका लागि पुगेका पोखरेलमाथि दुव्र्यवहार तथा कुटपिट भएपछि प्रेस चौतारी नेपाल शाखा सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।
कुटपिटबाट घाइते भएका पत्रकार पोखरेल उपचारपछि मंगलबार डिस्चार्ज भएको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page