समाचार

सप्तरीमा झुन्डिएको अवस्थामा ३५ वर्षीय युवकको शव फेला

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप, १९ श्रावण । सप्तरीमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका–६ को भटनियाँमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।
स्थानीय सबुरलाल सरदारको ३५ वर्षीय छोरा कैला सरदार झुन्डिएको अवस्थामा मृत फेला परेका सप्तरी प्रहरीले जनाएको छ । उनी घरभन्दा २ सय मिटर पश्चिम रहेको सिमलको रुखमा पासो लागि झुन्डिएका थिए ।
शुक्रबार बिहान स्थानीयले युवकको शव झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page