समाचार

सप्तरी घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मानव अधिकार आयोग माग

सप्तरी । राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीमा मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि भएको कुटपिटको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, दोषीलाई कानुनी कारवाही गर्न र मानव अधिकारकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
सप्तरीका मानव अधिकारकर्मी तथा पत्रकार पोखरेललाई साउन १५ गते जिल्ला प्रहरी कार्यालय परिसरमा काम विशेषले गएका बेला प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको थियो । उक्त घटनालाई लिएर पत्रकारहरु र सामाजिक संघ संस्थाहरुले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
उक्त घटनाको आयोगको मधेश प्रदेश कार्यालयले अनुसन्धान गरिरहेको छ । आयोगले सेवाग्राहीले सेवा लिन जाँदा संयमित हुन र सेवा प्रवाह गर्ने निकायप्रति मर्यादित व्यवहार गर्न पनि आग्रह गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत् उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ।
विज्ञप्ति हेर्नुहोस् ः

   

You cannot copy content of this page