समाचार

सप्तरीको विष्णुपुर गापाका सूचना प्रविधि अपरेटर र लेखापाल ५ लाख घुस रकमसहित पक्राउ

राजविराज, ३१ साउन । सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुस रकमसहित आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा गाँउपालिकाका कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयबाट खटिएको टोलीले अपरेटर वीरेन्द्रकुमारको साथबाट नगद २ लाख र लेखापाल टेकनारायणको साथबाट ३ लाखको चेकसहित पक्राउ गरेको हो ।
अख्तियारले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस (रिसवत) लिएको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page