राजनीति

यूवा जनमत संघको कञ्चनरुप नगर अध्यक्षमा अफाग हक चयन

कञ्चनरुप, ५ भदौ । जनमत पार्टीको भातृ संगठन यूवा जनमत संघको कञ्चनरुप नगर अध्यक्षमा अफाग हक चयन भएका छन ।
कञ्चनरुप नगरपालिकामा मंगलबार सम्पन्न बैठकले हकको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
संघको सदस्यहरुमा विजयकुमार सहनी, राजकुमार यादव, मनोज साह र संजय दास लगायत ११ सदस्यीय रहेका छन् ।
बैठकले कञ्चनरुप नगरपालिकाको १२ वटै वडामा कमिटी विस्तार गर्ने समेत निर्णय गरेको छ ।
जनमत पार्टीका केन्द्रिय प्रवेक्षक एवं केन्द्रिय सदस्य शिवनन्दन महतोको प्रमुख आतिथ्यता तथा कञ्चनरुप नगरपालिकाका नगर अध्यक्ष अनिल पंजियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page