कोशी प्रदेश राजनीति

कोशी प्रदेशसभाको बैठक एमाले र राप्रपाले बहिस्कार गरेपछि स्थगित

विराटनगर । एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
एमाले र राप्रपाका सांसदहरुले बुधबार बसेको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका थिए ।
सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धब थापालाई संविधान विपरीत विश्वासको मत दिएको भन्दै प्रदेश सभामा एमालेका सांसद तिलकुमार मेन्याङ्बोले विरोध जनाउनु भएको थियो । उहाँले सभाध्यक्षले अरु पनि गैरसंवैधानिक कार्य गर्नसक्ने देखिएको भन्दै नाराबाजी सुरु गर्नुभएको थियो ।
त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरु बैठक छोडेर हिडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो।
प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page