समाचार समाज

सप्तरीमा चोरी भएको बुद्धको मुर्तिसहित दुई जना पक्राउ

कञ्चनरुप, ११ भदौ । सप्तरीमा त्रिरत्न गुम्बाको चोरी भएको बुद्धको मुर्तिसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले सोमबार रुपनी गाउँपालिका ६ का शेष बहादुर राईको २२ वर्षीय छोरा मन कुमार राई र सोही ठाउँका विरेन्द्र दासको १२ वर्षीय छोरा प्रकाश दासलाई चोरी भएको बुद्धको मुर्तिसहित पक्राउ गरेको हो ।
अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ स्थित रहेको डेढ वर्ष अगाडि मात्र स्थापना गरिएको सुनको जलप रहेको पितलको ३ फिट उचाइ रहेको अमिता बुद्धको मुर्ति आइतबार चोरी भएको थियो ।

गुम्बा समितिले गुम्बाको मुर्ति हराएको प्रहरीलाई जानकारी दिएपछि खोजतलास गर्ने क्रममा गुम्बादेखि ५ सय मिटर दक्षिण बाँस र बनमारा घारीमा लुकाएको बुद्धको मुर्तिसहित दुबैजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई प्रहरी नियन्त्रण राखी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page