समाचार समाज

सप्तरीमा सालनाल सहितको नवजात शिशु मृत फेला

राजविराज, १३ भदौ । सप्तरीमा बुधबार सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ ।
राजविराज–हनुमानगर सडक खण्ड अन्तर्गत भलुवाही खोलामा नवजात बालक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत फेला परेका शिशुको घटना बारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page