समाचार

सप्तरीको राजविरामा गौ हत्याको विरोधमा प्रदर्शन

राजविराज, १५ भदौ । गौ हत्याको बिरोध गर्दै आएको वैदिक सँस्कृती समाज सप्तरीले सुनसरीको धरानमा गाई काटेर खानेहरुलाई कार्वाहीको माँग गर्दै विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार राजविराजमा समाजले गौवंश संरक्षण गर, गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गरेको हो ।
वैदिक सँस्कृती समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरबाट गौवंश संरक्षण गर,गौ हत्या बन्द गर,हिन्दु राष्ट्र कायम गर,वैदिक गणतन्त्र धोषणा गर लगायतका विभिन्न नारा लगाउदै नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात शिव मन्दिरमा पुगेर कोण सभा परिणत भएको थियो ।
कोण सभामा बोल्दै मोती लाल वैरागीले सुनसरीको धरानमा गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माग गर्नुभएको छ । धरानमा संबैधानिक प्रावधान विपरीत गाई गोरुलाई हत्या गरि सार्वजनिक रुपमै भोजको आयोजना गरेकोले सो धटनाको छानविन गरी दोषीलाई कार्यवाही गर्न वैरागीले जोडदार माग गर्नुभएको छ ।

वैदिक सँस्कृती समाजका अध्यक्ष रामकुमार शास्त्रीले संविधान विपरीत कार्य गर्ने जो कोहिलाई कानुनी दायरमा ल्याई संविधानको रक्षा गर्दै धार्मिक, सामाजिक साँस्कृतिक एवम् सामुदायिक सद्भाव कायम राखी दोषीमाथी अविलम्ब कारबाही गरि शान्ति सुरक्षा एवं समस्या समाधानका लागि यथासिघ्र पहलका गर्न सरकारसँग माग गर्नु भयो ।
नेपालको संविधानमै गाई राष्ट्रिय जनावर उल्लेख गरिएकोले गाई हत्या रोकि संविधानको मुल मर्मलाई संरक्षण गर्न समता मुलक समाज निर्माण महा अभियानका उपाध्यक्ष सुनिता साहले सरकारसँग माग गर्नु भयो । उहाँले नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ को स्पष्टीकरणमा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतका धार्मिक साँस्कृतिक स्वतन्त्रतालाई अक्षुण राख्नु पर्ने प्रावधान रहेको बताउनुभयो ।
सोही भागको धारा ९ को उपधारा ३ अनुसार ,राष्ट्रिय जनावार गाई हुनेछ, स्पष्ट रहेकोले अव सरकारले नेपाली रुपैयाँमा गाईको चित्र राख्न समेत संघीय सरकारसँग माग गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page