समाचार

सप्तरीका एसपी र डिएसपीको एकै साथ सरुवा, एसपीमा बज्राचार्य र डिएसपीमा न्यौपाने आउँदै

कञ्चनरुप, १६ भदौ । सप्तरीका एसपी र डीएसपीको एकै साथ सरुवा भएको छ । सप्तरीका एसपी नरेन्द्र कुमार कार्की र डीएसपी नरेश कुमार सिंहको एकै साथ सरुवा भएको हो ।
एसपी कार्कीको नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरुवा भएको छ भने नयाँ एसपीको रुपमा गजुसिद्दी बज्राचार्य आउनु हुने भएको छ । एसपी बज्राचार्य नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखाबाट यहाँ आउन लाग्नुभएको हो ।
यसैगरी सिंहको ठाउँमा नयाँ डिएसपीमा डुण्डिराज न्यौपाने आउनु हुने भएको छ । डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय काभ्रेबाट यहाँ आउन लाग्नुभएको हो ।
दुई साता भित्र सप्तरीका सिडिओ, एसपी र डिएसपीको एक साथ सरुवा भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page