समाचार समाज

सप्तरीमा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर ६५ वर्षीय एक पुरुषको मृत्यु

कञ्चनरुप, १९ भदौं । सप्तरीमा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका २ हरिरहवामा धान खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर ६५ वर्षीय राजेन्द्र प्रसाद चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
सोमबार आफ्नै धान खेतमा मोटरबाट पानी पटाउने क्रममा अचानक करेन्ट लागि चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page