समाचार समाज

सप्तरीको सप्तकोशीमा झुन्डिएको अवस्थामा ६० वर्षीय पुरुषको शव फेला

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

सप्तकोशी, २० भदौ । सप्तरीको सप्तकोशीमा झुन्डिएको अवस्थामा एक ६० वर्षीय पुरुषको शव फेला परेको छ ।
जिल्लाको सप्तकोशी नगरपालिका २ सिद्धिपुरका ६० वर्षीय शंकर चौधरीको झुन्डिएको अवस्थामा शव फेला परेको हो ।
मंगलबार आफ्नै सुत्ने कोठामा काठको बलोमा गम्छाको पासो लगाई झुण्डी मृत अवस्थामा चौधरी फेला परेका थिए ।
उनकी श्रीमतीले झुण्डीएको अवस्थामा मृत चौधरीलाई देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । जानकारी पाए लगत्तै प्रहरी टोली खटिगई आवश्यक प्रक्रिया पूरा गरि मृतकको शव परिक्षणका लागि राजविराज पठाएको प्रहरीले जनाएको छ ।
घरायसी समस्याको कारण चौधरी झुन्डिएको हुनसक्ने प्रहरीको आशंका छ ।
घटना सम्बन्धामा थप अनुसन्धान कार्य जारी रहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page