समाचार समाज

कञ्चनरुपको सुन्दरी खोलामा एक युवकको शव नग्न अवस्थामा फेला

कञ्चनरुप, २१ भदौ । सप्तरीको कञ्चनरुप स्थित सुन्दरी खोलामा एक युवकको शव फेला परेको छ । कञ्चनरुप-७ का राम कुमार चौधरीको २२ वर्षीय छोरा राहुल चौधरी मृत अवस्थामा भेटिएका हुन ।
बिहीबार साँझ ५ बजे जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ स्थित सुन्दरी खोलामा राम कुमारको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
युवकको शव स्थानीयवासीले फेला पारेका हुन् । शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ।
प्रहरीका अनुसार सुन्दरी खोलादेखि करिब १ किलोमिटर दक्षिण तर्फमा मृतकको शव नग्न अवस्थामा फेला परेको हो । त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page