कोशी प्रदेश समाचार

मोरङको रङगेलीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

बिराटनगर ,२४ भदौ । मोरङ प्रहरीले रङगेली नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-८ का १९ वर्षीय पर्वत लिम्बु र बेलवारी नगरपालिका-८ का २६ वर्षीय सन्दिप कार्की रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली-४ चोप्राहाबाट शुक्रवार राती पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

   

You cannot copy content of this page