समाचार

नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा

काठमाडौँ । संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ ।
गएराति हृदयघातबाट निधन भएका ७१ वर्षिय नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा राखिएको हो ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेता तथा कार्यकर्ताको ठूलो मात्रामा भिड लागेको छ । नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने छ ।
्एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । सरकारले त्यस दिन सार्वजनिक बिदा समेत दिने जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page