मधेस प्रदेश समाचार समाज

सप्तरीमा एक युवकको शव झुन्डिएको अवस्था फेला

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप, ४ असोज । सप्तरीमा एक युवकको झुन्डिएको अवस्था शव फेला परेको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ सखडामा मंगल सदाको २६ वर्षीय छोरा छोटकन सदा झुन्डिएको अवस्था मृत फेला परेका हुन् ।
बुधबार राती आफ्नै घरको धरिनमा साडिको पासो लगाई झुण्डि मृत्यु भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनासाँथ घटना स्थलमा प्रहरी पुगेको थियो ।
युवकको शव परिक्षण पश्चात परिवारको जिम्मा लगाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page