समाचार समाज

लागूऔषध खुवाएर राहुलको हत्या गरेको खुलासा, घटनामा संलग्न उनकै साथी पक्राउ

कञ्चनरुप, ९ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ स्थित सुन्दरी खोलामा हत्या गरि फालिएका राहुल चौधरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत भदौ २१ गते कञ्चनरुप नगरपालिका वडा नम्बर ७ बलुवाका २५ वर्षीय चौधरी मृत भेटिएका थिए ।
हत्यामा संलग्न रहेको भन्दै कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का पशुपति रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।
यस्तो छ घटनाः
मृतकको बारेमा अनुसन्धान गर्दा गत भदौं २१ गते निज मृतक सँगै कञ्चनरुप–६ बस्ने पशुपति रामसँगै रहेको भन्ने खुल्न आएको थियो ।
डिएसपी न्यौपानेका अनुसार प्रहरीले पशुपति रामलाई असोज ४ गते नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले मृतकको घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी मृतक राहुल कुमार चौधरीलाई भारततर्फ लगि लागुऔषध खरिद गरी घटनास्थलमा ल्याई अत्याधिक मात्रामा लागु औषध सेवन गराई बेहोस बनाई पुन लागु औषध जवरजस्ती मुखमा राखि खुवाई निजको हत्या गरेको बयान दिएका छन् ।
प्रहरीका अनुसार अभियुक्त रामले चौधरीको मृत्यु पश्चात निजको सम्पूर्ण कपडा खोली साथमा रहेको मोवाईल र घडी लिई घर तर्फ आएका थिए ।
अभियुक्त रामलाई पक्राउ गरी मंगलबार सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page