चितवन । थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका छन् ।
थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा (पितृऔँशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो । युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ ।
थारु कल्याणकारिणी सभाले यही अवस्थालाई मध्यनजर गर्दै घोषणापत्र मार्फत नै बिदा दिन माग गरेको चितवनका सभापतिले जानकारी दिए ।
Add Comment