कञ्चनरुप, ११ असोज । मधेश प्रदेशमा आज बिहीबार सार्वजनिक विदा दिइएको छ ।
मुस्लिम समुदायको विशेष पर्व पैगम्वर मोहम्मदको जन्मजयन्तीको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम प्रसाद खरेलले बुधबार एक सूचना जारी गर्दै विदाबारे जानकारी गराएका हुन् ।
निमित्त सचिव खरेलद्वारा जारी सूचनामा पैगम्वर मोहम्मदको जन्म दिन २०८० असोज ११ गते बिहिवारको दिन परेकोले उक्त दिन सार्वजनिक विदा भएकोले यो सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ ।
Add Comment