समाचार

सप्तकोशी–५ गंगाजलीमा सरसफाइ कार्यक्रमको आयोजना

कञ्चनरुप, १६ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–५ गंगाजलीमा मंगलबार सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
सफा र स्वच्छ वडा बनाउने अभिप्रायले “सफा सुग्घर र सभ्य रहनु मानव जिवनको पहिचान” भन्ने नाराका साथ सप्तकोशी नगरपालिका वडा नम्बर –५ गंगाजलीले सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।
सरसफाइ कार्यक्रममा पूर्व कानुन न्याय तथा प्रदेश मामिला मन्त्री तथा मधेश प्रदेशका प्रदेश सांसद राजकुमार लेखी लगायतका गाउँका बुद्धिजीवी आफैं झाडु र बेल्चा लिएर वडा स्तरीय सरसफाइमा होमिएका छन् । सप्तकोशी–५ गंगाजलीमा रहेको गाउँ टोलको सरसफाइ सुरु गरेका हुन् ।

प्रदेश सांसद लेखीले सबै मिलेर आफ्नो वरपरको वातावरण सफा राख्ने हो भने त्यसले स्वस्थ जीवनयापनमा ठुलो टेवा पुर्‍याउनुका साथै वातावरणको सौन्दर्यता मनमोहक राखी रहनको लागि ठुलो मद्दत गर्ने बताए ।
सांसद लेखीले स्थानीय बासिन्दालाई सरसफाईमा जुट्न आग्रह गर्दै आफनो गाउँ आफैं बनाउ सफाइ गर्न भन्दै सरसफाई गरेका थिए । लेखीले सडक नाला घर वरिपरि सफाइ गर्न आग्रह गर्दै बाटो, सडकमा जथाभावी फोहोर नफाल्न समेत अनुरोध गरे । लेखीले असार महिनादेखि बृक्षारोपण र सरसफाइ अभियान सप्तरीको विभिन्न वडाहरुमा संचालन गरिसकेको जानकारी समेत दिए ।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले स्थानीयहरूलाई फोहर व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए । घर सफा हुनु भनेको समाज सफा हुनु हो । सबै समाज सफा रहे नगर आफै सफा रहन्छ । त्यसैले अब प्रत्येक व्यक्तिमा सकारात्मक सोच आउन अत्यन्तै जरुरी रहेको उनले बताए ।

सप्तकोशी नगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष गोसाई चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उप प्रमुख रिताकुमारी चौधरी, पूर्व नगरप्रमुख उत्तम गौतम लगायतले सबै वडा बासी र नगरबासीलाई सरसफाइमा ध्यान दिन अनुरोध गरे ।
सरसफाइ कार्यक्रममा वडा सदस्यहरु, कार्यपालिका सदस्य ,महुली सामुदायिक विकास केन्द्रका पदाधिकारीहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु ,प्रहरी चौकी शसस्त्र वेस क्याम्प, राजनैतिक दलका अगुवा कर्याकर्ताहरु, विधालयका शिक्षक तथा विद्यार्थीहरु ,समाजसेवी ,बुद्धिजिवि र गाउँको वासिहरुको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page