समाचार

सप्तकोशी–५ गंगाजलीमा पाँच दिवसीय योग विज्ञान तथा ध्यान शिविर संचालन हुने

कञ्चनरुप, १८ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–५ गंगाजलीमा पाँच दिवसीय योग विज्ञान तथा ध्यान शिविर संचालन हुने भएको छ ।
योग शिविर यही असोज २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा भारत हरिद्वारबाट आउने महिला प्रभारी साध्वी देव अदिती ज्यूबाट योग अभ्यास तथा प्रवचन कार्य हुने जनाइएको छ ।
शिविरको सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् मधेश प्रदेशका पूर्व कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक समितिकाले जनाएको छ ।
शिविरमा केन्द्रिय प्रभारी साध्वी देव अदितीसहितका भारत बनारसका चर्चित योग गुरुहरुले विहान ५ बजेदेखि प्रशिक्षण तथा संगितमय सत्संग प्रवचन गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष सुरेश चौधरी जानकारी दिनुभयो ।
सप्तकोशी नगरपालिकाका पतञ्जली योग पिठ नगर समितिद्वारा आयोजित शिविरमा सप्तरी र छिमेकी जिल्ला उदयपुरका गरि दुई जिल्लाबाट सहभागी हुने छन् ।
कार्यक्रमका लागि मञ्चसहित आवश्यक पूर्वाधार तयारीको कार्य तिब्र गतिमा भइरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page