समाचार

सप्तरीको महादेवा गाउँपालिकाको आठौ गाउँ सभा सम्पन्न

राजविराज, १८ असोज । सप्तरीको महादेवा गाउँपालिकाको आठौं गाउँ सभा विहीवार सम्पन्न भएको छ ।
पालिकाले स्वच्छ समाजको मुल आधार ,शिक्षा, कृषि, तथा भौतिक विकाश एवं स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ आठौ गाउँ सभा सम्पन्न गरेको हो ।
महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाको ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेका छन ।
कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम, प्रशासनिक,अतिआवश्यक योजना, कर्मचारीहरुको तलव, भुक्तान लगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन गएको बताए । उनले यो गाउँपालिकामा ९५ प्रतिशत कृषि पेशा अङ्गालेकोले कृषिमा लाग्नेलाई आत्म निर्भर बनाउनको लागी विधुतीकरणमा ध्यान दिएको बताए ।
कार्यक्रममा उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा, कानुन ब्यवसायी केशव प्रसाद दास, वडाध्यक्ष जयश्वर किशोर दास, जागेश्वर ईसर, लोसपाका युवा नेता सुरेन्दू यादव, शंकर राउत, हरि नारायण यादव लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page