कोशी प्रदेश समाचार

सरकारी दस्तखत किर्ते मुद्दाका फरार नासु पक्राउ

उदयपुर । उदयपुरमा सरकारी दस्तखत किर्ते मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । सरकारीदस्तखत किर्ते आरोपमा त्रियुगा नगरपालिका ११ बस्ने वर्ष ४७ का गुरु प्रसाद ढकाल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाका तत्कालिन राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समिति सदस्य सचिव रहेका ढकाल लिखत सम्बन्धी कसुर (सरकारी दस्तखत किर्ते) मुद्धामा फरार रहेका थिए । उनलाई खोजविनको क्रममा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ढकाललाई सम्मानित उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page