कोशी प्रदेश समाचार

चाँदीको सर-सामान सहित एक भारतीय नागरीक पक्राउ

बिराटनगर, माघ २५ गते । मोरङ प्रहरीले रङगेली नगरपालिका ७ स्थित कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-सामान सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया आमगाछी पञ्चायत १३ का २२ वर्षीय मोहमत अलताफ रहेका छन ।
बिहीबार बिहान ११ बजे अबैध रुपमा चाँदीका समानहरुको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले अलताफलाई चाँदीका समान सहित पक्राउ गरेको हो ।
अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ केजी ५ सय ४८ ग्राम चाँदी बरामद गरेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
अबैध रुपमा लुकाई छिपाई बोकेको चाँदीका समान सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page