बिराटनगर, ९ फागुन । बिराटनगरबाट प्रहरीले लेनदेन विगो मुद्धामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर ६ का ४६ वर्षीय शंकर सहनी रहेका छन ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
लेनदेन विगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।०९।१३ गतेको फैसला आदेशाले १ वर्ष कैद सजाय भई सहनी फरार रहेका थिए ।
पक्राउ परेका उनलाई सम्मानित जिल्ला आदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।