मधेस प्रदेश समाचार समाज

सप्तरीको खाडो खोलामा एक युवक मृत अवस्थामा फेला, हत्याको आशंका

राजविराज, ०३ जेठ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ स्थित खाडो खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन । राजविराज नगरपालिका १३ प्रिपाहीका अशोक यादवको १९ वर्षीय छोरा सुनिल कुमार यादव बिहिवार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।
राजविराज नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यका अनुसार यादव साइकलसहित घोप्टो परेको अवस्थामा खोला किनारमा मृत फेला परेको र नाकबाट रगत आएको देखिएको छ ।
मृतकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको तथा पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नकिने उहाँले बताउँनुभयो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता युवकलाई कसैले हत्या गरी खोलामा फ्यालेको स्थानीयले आशंका गरेका छन् । मृतक युवकको शरीरमा चक्कु प्रहार गरेको जस्तो घाउ रहेको स्थानीयले बताएका छन् ।

   

You cannot copy content of this page