कोशी प्रदेश समाचार समाज

उदयपुरको रौतामाईमा चट्याङ लागेर एक महिलाको मृत्यु

उदयपुर, ०६ जेठ । उदयपुरको रौतामाईमा चट्याङ लागेर एक महिलाको मृत्यु मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतामाई गाउँपालिका ७ सिम्लेकी ५३ वर्षीया चन्द्री तामाङ परियार रहेकी छन् । हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर परियारको मृत्यु भएको हो ।
शनिबार राती साढे १ बजे आफ्नै घरमा सुतीरहेको अबस्थामा अचानक हावाहुरी पानी सँगै आएको चट्याङले लागेर परियारको घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

   

You cannot copy content of this page