कृषि मधेस प्रदेश

कञ्चनरुप-१२ रुपनगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

कञ्चनरुप, ८ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ ले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । वडा कार्यालयमा मंगलबार आयोजित एक समारोहका विच धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो ।
किसानहरुलाई लक्षित गर्दै समयमा नै किसानहरुलाई सहज होस भनेर ५० प्रतिशात अनुदानमा विभिन्न जातको धानको बीउ वितरण गर्न सुरु गरेको वडा अध्यक्ष देवी बहादुर खत्रीले बताउनुभयो ।
कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन वडाले समय समयमा अनुदानमा बीउ वितरण गर्दै आएको वडा अध्यक्ष खत्रीले बताउनुभयो । बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेका वडा अध्यक्ष खत्रीले बताउनु भयो ।
किसानहरुले सास्ति खेप्नु नपरोस भनेर समयमा नै धानको बिउ राखेर खेति गर्दा उब्जनिमा वृद्धि हुने भएकाले किसानहरुको पिरमार्कालाई बुझि राम धान , राधा १२ , बहुगुणी , संवरण जातका ६० बोरा धानको बिउ वितरण गर्न थालिएको वडा सदस्य जैनुद्दिन मियाँले जानकारी दिनुभयो ।
अनुदानमा बीउ पाएपछि किसान खुसी भएका छन् । बजारमा महँगो मूल्य तिरेर बीउ खरिद गर्न बाध्य किसानलाई कम मूल्यमा अनुदानमा बीउ पाउँदा राहत पुगेको छ ।

   

You cannot copy content of this page