समाचार समाज

सप्तरीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

कञ्चनरुप, १२ जेठ । सप्तरीबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र धादिङको रुबीभ्याली-५ घर भई काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बिच बहादुर तामाङ रहेका छन् ।
खडक नगरपालिका–८, भदियाबाट उनीहरू सवार स ६ प ५९०८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा हतियार फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट एक थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई राउण्ड गोली र दुई थान म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ।

आइतबार आरोपितहरूविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही अगाडि बढाइने इलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ । 

   

You cannot copy content of this page