मधेस प्रदेश समाचार समाज

कञ्चनरुप-१० भोडहामा आगलागी हुँदा तीन परिवारको ७ घर जलेर नष्ट

कञ्चनरुप, १५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १० भोडहामा गएराती आगलागी हुँदा तीन परिवारको सात घर जलेर नष्ट भएको छ ।
सोमबार राति १२ः३० बजेको समयमा स्थानीय कमेरुद्दिन शेखको गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी भएको थियो । आगलागीबाट शेखको एक गोठ घर र एक पाडो, त्यस्तै भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर सहित आगलागीमा लत्ताकपडा ,फर्निचर, खाद्यान्न, लगायत सरसामान जल्दा लाखौंको क्षती भएको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार आगलागीबाट भगवानी चौधरीको ४ लाख, देवीलाल चौधरीको १२ लाख र कमेरुद्दिन शेखको २ लाख १८ लाख बराबरको घर सहित सरसामान जलेर क्षति भएको छ ।
आगो स्थानीय ,नेपाली सेना कञ्चनरुप नगरपालिकाको वारुण यन्त्र र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुण यन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
यस अघि कञ्चनरुप नगरपालिका ५ पडेमारामा बैशाख ९ गते आगलागी हुँदा ११ परिवारको २४ घर डढेर खरानी भएको थियो ।

   

You cannot copy content of this page