अर्थतन्त्र

आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

कञ्चनरुप, १८ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।

   

You cannot copy content of this page