समाचार समाज

सप्तरीमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु , २० जनाभन्दा बढी घाइते

कञ्चनरुप, १९ जेठ । सप्तरीमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ सुब्बाटोल नकिज शनिबार राती ७ : ४५ बजे राजविराजबाट कञ्चनपुर आउँदै गर्दा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार मृतकहरुको नाम खुलेको छैन र घाईतेको संख्या पनि बढ्न सक्ने जानकारी दिइएको छ ।
घाईतेहरुको उपचार कञ्चनरुप नगरपालिका १२ स्थित धर्मेश्वर अस्पतालमा भइरहेको छ । घाईतेमध्ये अवस्था गम्भिर रहेका केहीलाई थप उपचारका लागि विराटनगर पठाउने तयारी भइरहेको अस्पताले जनाएको छ ।
घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page