खेलकुद समाचार

राजविराज राजदेबीलाई ६ बिकेटले पराजित गर्दै छिन्नमस्ता लायन्स बिजयी

राजविराज, २० जेठ । राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको आइतबारको पहिलो खेलमा छिन्नमस्ता लायन्स बिजयी भएको छ ।
सप्तरीको राजविराजमा सञ्चालित छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको पहिलो खेलमा राजविराज राजदेबीलाई ६ बिकेटले पराजित गर्दै छिन्नमस्ता लायन्स बिजयी भएको हो ।
राजदेबीले दिएको ६८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ता लायन्सले ६ विकेटले जित हासिल गरेको छ । टस जितेर राजविराज राजदेबीले १६ ओभर ३ बलमा १० बिकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । जसमा बिजय यादब १६ रन, दिलिप नाथ १४ र श्रवण यादवले १० रन जोडे । बलिङ्गतर्फ छिन्नमस्ताका गुणानन्द रायले ३ बिकेट तथा विशाल पटेल, भिम सार्की र मोहम्मद सोहिलले समान २र२ विकेट लिए ।

प्रतिउतरमा छिन्नमस्ता लायन्सले ९ ओभर ५ बलमा ४ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त ग¥यो । जसमा उत्कृष्ट ब्याटिंग गर्दै मयन यादबले अविजित रही ४२ रन बनाए भने सुमित नेवारले ११ रन जोडे । बलिङ्गतर्फ राजविराजका रिजन ढकाल २ विकेट तथा श्रवण यादब र जितेन्द्र यादबले १र१ बिकेट लिए । खेलको प्लेयर अफ म्याच गुणानन्द राय घोषित भए भने गेम चेन्जर विशाल पटेल भए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्लेयर अफ दि म्याच ढकाल र गेम चेन्जर रायलाई सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले कप सहित नगद पुरस्कार बितरण गरे ।
विजेतालाई ३ लाख र उपविजेतालाई साढे १ लाख राशी पुरस्कार रहेको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु बिनोद भण्डारी, भिम सार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खानले बिभिन्न टिमको प्रतिनिधित्व गर्दै खेलिरहेका छन् ।

   

You cannot copy content of this page