कोशी प्रदेश समाचार समाज

चट्याङले लागेर ४१ वर्षीया महिलाको मृत्यु

संखुवासभा, ३१ जेठ । संखुवासभामा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । संखुवासभाको चिचिला गाउँपालिका २ आले स्थितमा चट्याङले लागेर स्थानीय ४१ वर्षीया साबित्रा गुरुङको मृत्यु भएको हो ।
बुधबार राती ९ बजे खाना खाइ आगो तापीरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि आवश्यक कानुनि प्रकृया भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page