खेलकुद समाचार

प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता असार १ गते देखि शुरु हुने

खगेन्द्र कार्की /
फत्तेपुर, ३१ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता असार १ गते देखि शुरु हुने भएको छ ।
सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स कल्ब फत्तेपुरको सह आयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा संचालित प्रतियोगितामा ८ वटा टिमहरुले सहभागिता जनाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए ।
असार १ गते देखि ८ गते सम्म सन्चालन हुने प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर ,एल.एक्स. सिटी फुटबल क्लब मोरङ ,न्यु स्टार फुटबल क्लब सुनसरी ,धरान स्पोर्टिङ क्लब सुनसरी, बर्दिबास नगरपालिका महोत्तरी र बसाहा फुटबल क्लब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता उप विजेता टिमलाई क्रमशः नगद २ लाख र १ लाखसहित ट्रफी, मेडल प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

   

You cannot copy content of this page