मधेस प्रदेश समाचार समाज

सप्तरीमा १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

राजविराज । सप्तरीमा १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । सप्तरीको राजविराज नगरपालिका–२ राजदेवी टोलका २० वर्षीय युवकलाई प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा शुक्रबार पक्राउ गरेको हो ।
आरोपितले जेठ २९ गते भगाएर बेपत्ता भएकोमा बिहीबार घर फर्केर आएकी बालिकाले घटनाबारे अभिभावकलाई बताएकी थिइन् । त्यसपछि पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आरोपितविरुद्ध उजुरी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयले शुक्रबार उजुरी दर्ता गरी सोही दिन गजेन्द्रनारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ ।

   

You cannot copy content of this page