राष्ट्रिय समाचार

सोमबार देशभर सार्वजनिक बिदा

सप्तरी । सोमबार देशभर सार्वजनिक बिदा दिइने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) मा सार्वजनिक बिदा दिने भएको हो ।
गृह मन्त्रालयले आज सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिने जनाएको छ ।

गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

   

You cannot copy content of this page