अर्थतन्त्र समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

सप्तरी । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।
त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

   

You cannot copy content of this page