मधेस प्रदेश समाचार समाज

सप्तरीको कञ्चनरुप-२ महादेवपट्टीमा बसको ठक्करबाट एक युवकको मृत्यु

कञ्चनरुप, १ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित महादेवपट्टीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ वर्षीय उमेश मुखिया रहेको प्रहरीले जनाएको छ ।
शनिवार दिउँसो १ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकोे प्रदेश नं. १–०१–००१ ख ४१४१ नम्बरको मुनाल नामको यात्रुबाहक बसको ठक्करबाट मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रहेको धर्मेश्वर हस्पिटल लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः१५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
मृतकको शवलाई पोस्टमार्टमको लागि राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page