खेलकुद समाचार

एन्फा सप्तरी जिल्ला लिग फुटबलको उपाधि ओद्राहाको पोल्टामा

खगेन्द्र कार्की /
फत्तेपुर, २ असार । सप्तरीको को सप्तकोसी नगरपालिका ८ ओद्राहा मा जारि एन्फा सप्तरी जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को उपाधि सप्तकोसी नगरपालिका ८ मा रहेको प्रोग्रेसिभ युवा क्ल्ब ओद्राहाले चुमेको छ ।
ओद्राहा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा हिरोज स्पोर्ट्स क्ल्ब बरमझिया फुटबल क्लबलाइ ३-२ गोल अन्तरले हराउँदै प्रोग्रेसिभ युवा क्ल्ब ओद्राहा उपाधि चुमेको हो।
निर्धारित समयमा दुबै टिमबाट १-१ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरबाट गरिएको थियो ट्राइवेकरमा बरमझिया फुटबल क्लबलाइ ४-२ गोल अन्तरले पराजित गर्दै प्रोग्रेसिभ युवस क्ल्ब ओद्राहा एन्फा सप्तरी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि चुमेको हो।
प्रतियोगिता को म्यान अफ द म्याच प्रोग्रेसिभ युवा क्ल्ब ओद्राहाका प्रबिन चौधरी घोषित भएका थिए।
एन्फा सप्तरी जिल्ला लिग फुटबल प्रतियोगिता मा सप्तरी जिल्लाका ९ वटा क्लबले सहभागिता जनाएका थिए।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष पंकज बिक्रम नेम्वाङले बिजेता तथा उप बिजेता टिमलाइ क्रमशः नगद रु ५० हजार र २५ हजार र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिएको जिल्ला फुटबल संघ सप्तरीका महासचिव रमेश श्रेष्ठले जानकारी दिए।

   

You cannot copy content of this page