खेलकुद समाचार

सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा धरान बिजयी

खगेन्द्र कार्की /
फत्तेपुर, ३ असार । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा धरान बिजयी भएको छ ।

बसाहा फुटबल क्ल्ब उदयपुर र धरान स्पोर्टिङ क्ल्ब सुनसरी बिच भएको खेलमा बसाहा फुटबल क्ल्बलाई ट्राइवेकरमा हराउँदै धरान स्पोर्टिङ क्ल्ब सुनसरी बिजयी भएको हो ।
निर्धारित समयमा दुबै टिमको तर्फबाट २-२ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरका आधारमा गरिएको थियो।ट्राइवेकरमा बसाहा फुटबल क्ल्बलाइ ४-२ को गोलअन्तरले हराउदै धरान स्पोर्टिङ क्ल्ब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार कटारी फुटबल क्ल्ब उदयपुर र दमक फुटबल क्ल्ब झापा बिच हुने आयोजकले जनाएको छ।
नगर खेलकुद बिकास समिति सप्तकोसी नगरपालिका द्वारा असार १ गते देखि ८ गते सम्म सन्चालन हुने प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर ,LX CITY फुटबल क्लब मोरङ ,न्यु स्टार फुटबल क्लब सुनसरी , धरान स्पोर्टिङ क्लब सुनसरी बर्दिबास नगरपालिका महोत्तरी र बसाहा फुटबल क्लब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजकले जनाएका छन।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद २ लाख र १ लाख ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

   

You cannot copy content of this page