खेलकुद

बर्दिबासलाई हराउँदै धरान सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

खगेन्द्र कार्की /
फत्तेपुर, ५ असार । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलमा बर्दिबास नगरपालिका महोत्तरीलाई हराउँदै धरान स्पोर्टिङ कल्ब सुनसरी फाइनल प्रवेश गरेको छ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा बर्दिबास नगरपालिका महोत्तरी र धरान स्पोर्टिङ क्ल्ब सुनसरी बिच भएको सेमिफाइनल खेलमा बर्दिबास नगरपालिका महोत्तरीलाइ २-० गोलअन्तरले पराजित गर्दै धरान गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

धरानको तर्फबाट जर्सि न ७ का मिलन लिम्बुले खेल सुरु भएको ३९ औं मिनेटमा १ गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए भने दोस्रो हाल्फमा धरानको तर्फबाट जर्सि न १० का बिबेक राइले १ गोल गर्दै बर्दिबासलाइ २-० गोलअन्तरले पराजित गर्दै धरान फाइनलमा प्रवेश गरेकोछ।
अन्तिम सेमिफाइनल खेल बिहिवार न्य स्टार फुटबल क्ल्ब सुनसरी र दमक फुटबल एकेडेमी झापा बिच हुने र बिहीबारको बिजेता टिमले फाइनलमा धरान स्पोर्टिङ क्ल्बको सामाना गर्ने आयोजकले जनाएको छ।
खेलको म्यान अफ द म्याच धरानका जर्सि न ३ का आमोस लिम्बु घोषित भए।
सप्तकोसी नगर युवा तथा खेलकुद बिकास समिति द्वारा असार १ गते देखि ८ गते सम्म संचालित प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमले सहभागिता जनाएको आयोजकले बताए।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु २ लाख र १ लाख ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

   

You cannot copy content of this page