खेलकुद समाचार

सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको कटारीलाई हराउँदै दमक सेमिफाइनल प्रवेश

खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको खेलमा उदयपुरलाई हराउँदै दमक फुटबल एकेडेमी झापा सेमिफाइनल प्रवेश गरेको छ।
मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा कटारी फुटबल क्ल्ब उदयपुरलाई २-१ गोलअन्तरले हराउँदै दमक फुटबल एकेडेमी झापा सेमिफाइनल प्रवेश गरेको हो ।
उदयपुरको कटारी फुटबल क्ल्ब र दमक एकेडेमी झापा बिच भएको खेलमा खेल शुरु भएको २४ औं मिनेटमा दमक एकेडेमीको तर्फबाट जर्सि न १६ का युनिस मगरले १ गोल र २९ औं मिनेटमा दमककै जर्सि न ६ का खेलाडी गौरव धिमालले थप १ गोल गर्दै पहिलो हाल्पमा टिमलाइ २-० गोल अन्तर बनाएका थिए भने दोस्रो हाल्प को अन्तिम समयमा कटारी को तर्फबाट जर्सि न ११ का फगुराम चौधरीले सान्त्वना १ गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच दमकका गोल किपर चरि लिम्बु घोशित भए।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार बर्दिबास नगरपालिका महोत्तरी र धरान स्पोर्टिङ क्ल्ब सुनसरी बिच हुने आयोजकले जनाएको छ।
असार १ गते देखि ८ गते सम्म सन्चालन हुने प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर ,LX CITY फुटबल क्लब मोरङ ,न्यु स्टार फुटबल क्लब सुनसरी , धरान स्पोर्टिङ क्लब सुनसरी बर्दिबास नगरपालिका महोत्तरी र बसाहा फुटबल क्लब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद २ लाख र १ लाख ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

   

You cannot copy content of this page