खेलकुद समाचार

सुनसरीलाई हराउँदै दमक सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

खगेन्द्र कार्की /
फत्तेपुर, ६ असार । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको बिहिवार सम्पन्न सेमिफाइनल खेलमा न्यु स्टार फुटबल क्ल्ब सुनसरीलाई हराउँदै दमक फुटबल एकेडेमी झापा फाइनल प्रवेश गरेको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा दमक फुटबल एकेडेमी झापा र न्यु स्टार फुटबल क्ल्ब सुनसरी बिच भएको सेमिफाइनल खेलमा सुनसरीलाई ३-१ गोल अन्तरले पराजित गर्दै दमक फाइनलमा प्रवेश गरेको हो ।
दमकको तर्फबाट जर्सि नं १० का आषिश लावति, जर्सि नं १५ का हेमन्त लिम्बु र जर्सि नं ११ का अबिशेक चापागाईंले १/१ गोल गर्दै सुनसरीलाई ३-१ को अन्तरले पराजित गर्दै दमक बिजयी भएको छ ।
सुनसरीको तर्फबाट जर्सि नं ४ का अबिशेक श्रेष्ठले १ मात्र सान्त्वना गोल गरेका थिए ।
सेमिफाइनल खेलको म्यान अफ द म्याच दमकका जर्सि नं १० का आशिष लावति घोषित भए।
गोल्डकपको फाइनल खेल शनिबार धरान स्पोर्टिङ क्ल्ब सुनसरी र दमक फुटबल एकेडेमी झापा बिच हुने आयोजकले जनाएको छ ।
सप्तकोसी नगर युवा तथा खेलकुद बिकास समितिद्वारा असार १ गतेदेखि ८ गतेसम्म संचालित प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमले सहभागिता जनाएको आयोजकले बताए ।
प्रतियोगितामा विजेता उप विजेता टिमलाई क्रमशः नगद रु २ लाख र १ लाखसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए ।

   

You cannot copy content of this page