अर्थतन्त्र समाचार

सप्तकोसी नगरपालिकाको १३ औं नगर सभा सम्पन्न: शिक्षालाई प्राथमिकता दिनु पर्ने :मन्त्री लेखी

खगेन्द्र कार्की /
फत्तेपुर, १० असार । सप्तरीको सप्तकोसी नगरपालिकाको १३ औँ नगरसभा सोमबार सम्पन्न भएको छ ।
नगर सभालाई सम्बोधन गर्दै मधेस प्रदेशका शिक्षा तथा सस्कृति मन्त्री राजकुमार लेखीले स्थानीय नगर सरकारले शिक्षा लाइ विशेष प्राथमिकतामा राखेर निति तथा कार्यक्रम बनाउनु पर्ने बताएका छ्न । सप्तकोसी नगरपालिकाको १३ औं नगर शभालाइ सम्बोधन गर्दै मन्त्री लेखिले भने काम गर्न सकिने मात्र निति तथा कार्यक्रम तय गर्न सुझाब दिदै नगरले शिक्षा क्षेत्रलाइ मुख्य प्राथमिकतामा राख्न जोड दिए।मधेस प्रदेशमा सरकार फेरिएपनि प्रदेशमा रहेका मन्त्रालयमा कर्मचारी तन्त्रको हाबि भएकोले अझै पनि प्रदेश सरकारले ल्याएको बजेटमा त्रुटि भएको बताउदै हामिले एकरुपताका आधारमा प्रदेश भरिनै बजेट बिनियोजित गरिएको बताए ।
शिक्षा मन्त्रालयले प्रदेश भरि एक निर्वाचन क्षेत्र एक नमूना बिधालय बनाउने कार्यक्रम ल्याइने गरि बजेट बनाइएको र प्रत्येक बिधालयमा एक शैक्षिक पार्क स्वास्थ्य कर्मिको ब्याबस्थापन र भौतिक पुर्बधार मा ध्यान दिने बताएका छ्न।
सप्तकोसी नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि विभिन्न प्राथमिकताका विषय सार्वजनिक गर्दै नगर शभाको उद्घाटन सत्र सम्पन्न गरेको छ ।
आगामी आर्थिक वर्षका लागि ५३ करोड ५१ लाख १९ हजार रकम विनियोजन गरेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले पर्यटन सम्बन्धि निति बनाएर ऎतिहासिक चन्द्रनहर दुइ तर्फ निर्माण हुने बाटोलाइ पर्यटकीय करिडोरका रुपमा निर्माणका लागि पहल गरि उक्त क्षेत्रमा साइकिलिङ टुरिजम क्षेत्रको रुपमा बिकास गरी अन्तरीक तथा वहय पवर्यकटलाई भित्राउन जोड दिएइने , विद्यालयहरुको पुर्वाधार निर्माण , नगरवासीमा स्वास्थ्य सेवाको पहुच ,एक वडा एक कृषि उत्पादन अभियान सन्चालन गरिने तथा कृषी खाद्यान उत्पादनका लागि आवाश्यक योजना बनाएर कृषिमा आत्म निर्भर बनाउन कृषि क्षेत्रमा अनुदानको ब्याबस्था मिलाउने, नगरवासीलाई साक्षर बनाउने योजना , नगरपालिकालाई स्वस्छता, सरसफाई तथा हरित बनाउन बृक्षारोपन , वृद्ध, जेष्ठ नगररिक तथा वालिवालिकाहरुको लागि नयाँ कार्यक्रम र नगरस्तरीय कृषि उत्पादनलाइ थप मुनाफा मुखि बनाउन शित भणडारको स्थापना गरि कृषि उत्पादन लाइ उचित बजारीकरणको लागि आवश्यक पहल गर्ने नगरको प्राथमिकतामा रहेको निति तथा कार्यक्रम मा उल्लेख छ ।
त्यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ जनता आवास कार्यक्रमलाइ निरन्तरता दिइ बिपन्न अल्पसंख्यक परिवारलाई आवासको ब्याबस्थापन गर्ने नगरभित्र रहेका विभिन्न खोलानालामा तटबन्धन कार्यक्रम सन्चालन गरि बाढि बाट हुने जनधनको क्षेति रोक्ने,नगरमा चक्रपथ निर्माण गरिने,भुमिहिन दलित सुकुम्बासी लाइ जग्गा धनिपुर्जा बितरण गरिने,स्वास्थ्य शिक्षा, खानेपानी लाइ प्राथमिकता राखेर योजना बनाइने,सुशासन तथा सस्थागत बिकास सम्बन्धि निति बनाएर अगाडी बढ्ने,बाताबरण तथा बिपद ब्याबस्थापन कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने,उधोग ,सहकारी तथा रोजगार सम्बन्धि निति बनाएर कार्यनयन गर्ने,कृषि पशु बिकास र सिचाइ लाइ प्राथमिकतामा राख्ने,युवा तथा खेलकुद सम्बन्धि निति बनाएर नगरमा खेलकुदको बिकास गर्ने, नगरवासीमा सूचनको पहूच , बालमैत्रिका लागि बालश्रम बालविवाह मुक्त घोषणा अभियान संचालन , शैक्षिक सुधार लगायतका कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगर सभाको उद्घाटन मधेस प्रदेशका शिक्षा तथा सस्कृति मन्त्री राजकुमार लेखिले पानसमा बत्ति बालेर गरेका थिए।

   

You cannot copy content of this page