खेलकुद समाचार

सप्तकोसीमा वडा अध्यक्षकप फुटबल प्रतियोगिता शुरु; उद्घाटन खेलमा वडा नं १ र २ बिजयी

खगेन्द्र कार्की /
फत्तेपुर, ११ असार । सप्तरीको सप्तकोसी नगरपालिकाका वडा २ मा प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि शुरु भएको छ ।
नगर खेलकुद बिकास समिति सप्तकोसी नगरपालिकाद्वारा आयोजित प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगितामा सप्तकोसी नगरपालिकाका ८ वटा वडाहरुले सहभागिता जनाएका छ्न ।
नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खड्काको अध्यक्षता मा आयोजित प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल र वडा न २ का वडा अध्यक्ष जाहिर हुसेनले संयुक्तरुपमा गरेका छ्न।
प्रतियोगिताको उद्घाटन वडा न २ र वडा न १० बिच भएको खेलमा निर्धारित समयमा १/१ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरमा गरिएको थियो ट्राइवेकरमा वडा न १० लाइ ३-१ गोल अन्तरले हराउदै वडा न २ सेमिफाइनल प्रबेश गरेको छ। भने दोस्रो खेल वडा न १ र वडा न ६ बिच भएको खेलमा वडा न ६ लाइ ३-० गोलअन्तरले हराउदै वडा न १ फत्तेपुर सेमिफाइनल प्रवेश गरेको आयोजकले जनाएको छ।
प्रतियोगिता को बिजेता उपबिजेता टिमलाइ क्रमशः नगद रु ३० हजार २० हजार ट्रफि मेडल र प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

   

You cannot copy content of this page