समाचार समाज

निरन्तरको वर्षासँगै सप्तरीमा सुरू भयो डुबान

कञ्चनरुप, १२ असार ।
अबिरल वर्षाका कारण सप्तरीको कतिपय स्थान जलमग्न भएको छ । निरन्तरको वर्षासँगै ठाउँठाउँमा डुबान हुन थालेको हो।
निरन्तरको वर्षापछि सप्तरीका अधिकांश स्थान जलमग्न बनेका छन्।
महुली खेलाको पानीले कञ्चनरूप वडा नम्बर १ बैरवा र पोर्ताहामा धेरै सडकहरुमा क्षतिग्रस्त हुनुका साथै गाउँहरू समेत डुबानमा परेका छन् ।
महेन्द्र राजमार्ग मा पनी क्षति पुर्याएको छ ।पानीले भरिएर तलाउ जस्तै बनेका छ ।
वर्षा भएर डुबान सुरु भएपछि जनप्रतिनिधिहरु डुबान प्रभावित क्षेत्रमा पुग्ने गरेका छन्। तर, बेलैमा निकासको उचित प्रबन्ध गरिदिएको भए यस्तो अवस्था आउने थिएन,’ कञ्चनरुप-७ का अनिल महतो बताउँछन । उनी भन्छन्, ‘डुबान हुन थालेपछि अनुगमन गर्ने र काम देखाउने प्रवृत्ति हावी भयो। सर्वसाधारण समस्यामा परिरहेका छन्।’

   

You cannot copy content of this page