समाचार

बृक्षारोपण गरि मनायो रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समुहले वृक्षारोपण दिवस

खगेन्द्र कार्की/
फत्तेपुर, १४ असार । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समुहले बृक्षारोपण गरि राष्ट्रिय वृक्षारोपण दिवस मनाएको छ ।
राष्ट्रिय बृक्षारोपण दिवस २०८१ सप्ताहको पहिलो दिन शुक्रबार रक्तामाला नमूना सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र विभिन्न प्रजातिका दुई हजार बिरुवा रोपि शुरु गरेको हो ।
सामुदायिक वन क्षेत्र भित्र विभिन्न प्रजातिका तेजपत्ता,अर्जुन छाल,बर्रो,हर्रो,अमला लगायतका जडिबुटीका बिरुवा रोपिएको रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
रक्तमाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्री ईन्द्र प्रसाद लुइटेलको अध्यक्षता तथा सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा, उपप्रमुख रीताकुमारी चौधरी, सप्तकोशी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रोहिणि प्रसाद पोखरेल, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द्र दास, डिभिजन वन कार्यालय सप्तरीका कर्मचारीर सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।

   

You cannot copy content of this page