मधेस प्रदेश समाचार समाज

सप्तरीमा १६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित मुखिया पक्राउ

राजविराज । सप्तरीमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । बालिका बलात्कार घटनाका आरोपित जिल्लाको महादेवा गाउँपालिका ४ मनिहार प्रसाहीका २५ वर्षीय शत्रुघ्न कुमार मुखिया असार ९ गते पक्राउ भएका हुन् ।
घरकोठामा सुतिरहेकी बालिकालाई ललाइफकाई विवाहको प्रलोभन दिई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा असार ७ गते उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयमा असार ७ गते उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा असार ७ गते भएको अस्पतालले जनाएको छ ।

   

You cannot copy content of this page