खेलकुद

वडा अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ फत्तेपुरलाई

खगेन्द्र कार्की /
फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकाका वडा नम्बर २ पर्सामा जारी प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ फत्तेपुरले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा वडा नम्बर २ लाई ३-० गोल अन्तरले हराउँदै वडा नम्बर १ ले उपाधि जितेको हो ।
प्रतियोगिताको बिजेता, उप बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल, निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, वडा न २ का वडा अध्यक्ष जाहिर हुसेनले संयुक्तरुप नगद पुरस्कार क्रमशः नगद रु ३० हजार, २० हजार, ट्रफि मेडल र प्रमाणपत्र बितरण गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।
सप्तकोसी नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा खेलकुद बिकास समिति सप्तकोसी नगरपालिकाद्वारा आयोजित प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगितामा सप्तकोसी नगरपालिकाका ८ वटा वडाहरुले सहभागिता जनाएको थियो ।

   

You cannot copy content of this page